उदयपुर २ मा १८६५ मतले पछि परे नेकपा एसका खतिवडा

डिसी नेपाल
६ मंसिर २०७९ १८:४४
924
Shares

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले मतान्तर बढाउँदै अग्रता कायम रहेको छ । उनले १३४०४ मत  प्राप्त गरेको छ । उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ११५३९ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली काग्रेसका क्षेत्रीय सभापति स्वतन्त्र उम्मेदवार रामकुमार राईले ९३३० मत पाएका छन् । अहिले सम्म ३९७५८ मत गणना भई सकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.