नेपाल प्रहरीका पूर्व आइजीपीले पहिलो पटक संसदको यात्रा तय गर्दै
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधान प्रतिनिधिसभा सदस्य पदमा विजयोन्मुख भएका छन् । उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट विजयोन्मुख भएका हुन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले ६८९६ मतसहित अघि बढेका छन् । उनको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
नेपाल प्रहरीका १७ औं महानिरीक्षक रहेका प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष हुन् । नेपाल प्रहरीमा खेलकुदको विकासका लागि उल्लेख्य भुमिका खेलेका उनी प्रहरीभित्र राम्रो प्रहरी अधिकृतका रुपमा परिचय बनाएका थिए ।
२०५४ सालमा तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले अच्यूतकृष्ण खरेललाई हटाएर प्रधानलाई महानीरिक्षक बनाएका थिए । अवकाशपछि प्रधानले राप्रपाबाट राजनीति शुरु गरेका थिए ।
उनी प्रतिस्पर्धीभन्दा करिब दोब्बर मतले अघि रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत पाएका छन् । एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् ।







डिसी नेपाल








Facebook Comment