ताप्लेजुङमा योगेशभन्दा खेलप्रसाद पाँच सय मतले अघि

डिसी नेपाल
६ मंसिर २०७९ २३:११
1.2k
Shares

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाथोकी (पराग)ले अग्रता लिएका छन्।

फक्ताङलुङ, पाथीभरा याङवरक, सिरीजङ्घा, आठराई त्रिवेणी र मिक्वाखोला गाउँपालिकाका विभिन्न वडाहरूको सात हजार छ सय नौ मत गणना हुँदा पाँच सय ९७ मतान्तरसहित परागले अग्रता लिएका हुन् । जारी मतगणनामा परागले तीन हजार सात सय ३२ मत प्राप्त गरेका छन् भने भट्टराईले तीन हजार एक सय ३५ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले सङ्घतर्फको मात्र मतगणना भइरहेको छ । राजनीतिक दलहरूबीचको सहमतिअनुसार पहिले सङ्घतर्फको गणना सम्पन्न गरेर प्रदेशसभातर्फको सुरु गरिने छ । अपराह्न ४ बजेपछिदेखि मतगणना सुरु गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.