काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राखेका छन्। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडिसम्ममा उनले १२ हजार ७६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।
यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ७ सय ८७ मत प्राप्त गरेक भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।
४ हजार २९१ मत गन्न बाँकी रहेकाकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालले ४ हजार ९७७ बढी मतान्तर ल्याएसँगै उनको जित सुनिश्चित भएको छ ।
उक्त क्षेत्रमा २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।







डिसी नेपाल








Facebook Comment