दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी

डिसी नेपाल
७ मंसिर २०७९ १२:३७
136
Shares

खलङ्गा।  प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भएका छन्। धामीले १५ हजार एक सय २७ त प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गरेका थिए।

साथै, स्वतन्त्र उम्मेदवार शङ्कर सिंह धामीले एक हजार चार सय १८ मत ल्याएका थिए। दार्चुलाको प्रदेशसभा १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो। जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.