समानुपातिकतर्फ एमालेको मत अढाइ लाख नजिक, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

डिसी नेपाल
७ मंसिर २०७९ १२:२७
1.6k
Shares

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमालेले अग्रता लिएरहेको छ । बुधबार दिउँसो १२ बजेसम्मको अपडेटअनुसार एमालेले २ लाख ४१ हजार ५९४ मत पाएको छ ।

नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७ मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसले १ लाख ११ हजार ३९४ मत पाएको छ । माओवादी केन्द्रले १ लाख ३६४ मत पाएको छ ।

यस्तै राप्रपाले ५७ हजार २३६ मत पाएको छ । जनता समाजवादी पार्टीले १८ हजार ७४७ मत पाएको छ । जनमत पार्टीले १७ हजार ५६३, नेमकिपाले १६ हजार ४७७ र एकीकृत समाजवादीले १३ हजार २२४ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.