चुनाव हारेपछि रामकुमारी झाँक्रीले गोकर्ण विष्टलाई दिइन् बधाई
काठमाडौं। गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्टले २ हजार ३४ मतान्तरसहित प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् ।
विष्ट २८ हजार ४७६ मतसहित विजयी भएका हुन्। झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।
योसँगै झाँक्रीले विष्टलाई बधाई दिएकी छन् । गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा सँधै साथमा रहने भन्दै उनले बधाई दिएकी हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment