बर्दिया २ मा रेशम चौधरीका बुबा लालवीर विजयी

डिसी नेपाल
७ मंसिर २०७९ १५:५०
612
Shares

मधुवन । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे ।

यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । विजयी चौधरी रेशम चौधरीका बुबा हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो । क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दिया-१ (१) मा नेपाली कांग्रेसका थारू निर्वाचित

बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांगे्रस भुवनेश्रर थारू विजयी भएका छन् ।

उनले १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शालिकराम अधिकारीले १६ हजार तीन सय ८४ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ५० हजार आठ सय ६५ मत खसेकामा दुई हजार एक सय २९ मत बदर भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.