रुपन्देही ५ (क)बाट एमालेका पूर्वसांसद भूमिश्वर ढकाल विजयी

डिसी नेपाल
७ मंसिर २०७९ १७:०२
120
Shares

भैरहवा, ७ मंसिर । रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् ।

ढकालले १९  हजार ७८ मत प्राप्त गर्दा पहाडीले  ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन  कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घोषणाा नगरेको हो ।

रुपन्देही ५ (क) तर्फ  ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.