रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि एकीकृत समाजवादी अध्यक्षले राजीनामा दिए
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा रामकुमारी झाँक्रीलाई चुनाब जिताउन नसकेपछि नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष श्रीराम महतले पदबाट राजीनामा दिएका छन् ।
गुल्मी क्षेत्र नम्बर २ बाट पार्टी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी छिन् । ‘गुल्मी-२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु,’ महतले बुधबार दिउँसो फेसबुक मार्फत् घोषणा गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment