कैलाली १ मा रेशम चौधरी पत्नी रञ्जिताको फराकिलो अग्रता

डिसी नेपाल
७ मंसिर २०७९ २०:०६
348
Shares

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ३९९०६ मत गणना हुँदा उनी १८३८३ मतका साथ अग्रता कायमै राखेकी हुन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ११ हजार १५८ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल ३ हजार ९१४ मतका साथ तेस्रो स्थानमा छन्। निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि ११ उम्मेदवार मैदानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.