गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश, सुरु गर्यो क्रेडिट कार्ड सेवा
काठमाडौँ। गरिमा विकास बैंक लिमिटेड आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ। बैंकले आफ्नो गरिमामय यात्रामा निरन्तर साथ दिने सबै सेवाग्राही, शेयरधनीहरु, नियमनकारी निकायहरु,कर्मचारी तथा शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखाकार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको छ।
हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ। करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ।
यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न केही कार्यक्रमहरु संचालन गरेको जनाएको छ।
बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा)मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखाकार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।
बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमबाट जम्मा ६१३ युनिट रगत संकल नभएको छ। यस्तै बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ।







डिसी नेपाल







Facebook Comment