सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १७:१७
48
Shares

काठमाडौं । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् ।

२०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.