अस्ट्रेलियामा हत्या गरेर फरार भारतीय पक्राउ, ९ करोड थियो टाउकोको मूल्य
काठमाडौं । चार वर्षअघि अस्ट्रेलियामा एक महिलाको हत्या गरेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन् । उक्त व्यक्तिको नाम राजविंदर सिंह हो।
२४ वर्षीय टोया कोर्डिङ्लेको शव अक्टोबर २०१८ मा फेला परेको थियो। यसलाई निकै क्रूर आक्रमण भनिएको छ । यस महिनाको सुरुमा क्वीन्सल्याण्ड सरकारले आरोपीको जानकारी दिनेलाई १ मिलियन डलर (९ करोड रुपैयाँ) पुरस्कारको प्रस्ताव गरेको थियो।
क्वीन्सल्याण्ड प्रहरीले आरोपितलाई भारतीय अधिकारीहरूले शुक्रबार दिल्लीबाट पक्राउ गरेको बताएको छ। उनको अष्ट्रेलिया सुपुर्दगीका लागि छिट्टै सुनुवाइ हुनेछ । अष्ट्रेलिया ल्याएपछि आरोपितमाथि फौजदारी मुद्दा चलाइनेछ ।
क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याट्रिना क्यालोरले भनिन्, “म पक्का छु कि हाम्रो मुद्दा अदालतमा लैजान निकै बलियो छ।”
राजविंदर सिंह नर्सको रूपमा काम गर्थे। तर, टोयाको शव भेटिएपछि उनी जागिर, श्रीमती र तीन छोराछोरी छोडेर भागेका थिए । उनको तस्बिर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको थियो ।
टोया कोर्डिङ्ले आफ्नो कुकुरलाई २१ अक्टोबर २०१८ मा भान्जेट्टी बीचमा डुलाउन गइन् तर त्यहाँबाट फर्किनन्। भोलिपल्ट महिलाका बुवाले आधा जलेको शव फेला पारे ।
मूलतः पञ्जाबको बटर कलांका बासिन्दा रद्विंदर सिंह हत्याका बेला इनिसफेलमा बस्दै आएका थिए।







डिसी नेपाल








Facebook Comment