युक्रेनका राष्ट्रपतिकी श्रीमतीले भनिन्- युक्रेनको सेना चिसोको बाबजुद पनि अडिग रहनेछ

डिसी नेपाल
१० मंसिर २०७९ १२:१३
160
Shares

काठमाडौं । रुससँगको नौ महिनाको युद्धको बीचमा युक्रेनका राष्ट्रपतिकी पत्नी ओलिना जेलेन्स्काको ठूलो बयान आएको छ । बीबीसीसँगको कुराकानीमा ओलिनाले आगामी हिउँदमा रुसी आक्रमणका कारण अत्याधिक चिसो र विद्युत आपूर्ति अवरुद्ध हुँदा युक्रेनका जनताले हौसला गुमाउने अवस्था नरहेको बताइन् ।

ओलिनाले रुससँगको युद्ध “दुई विश्वदृष्टिकोण” बीचको लडाइ हो जसमा विजय बिना शान्ति स्थापना हुन नसक्ने बताइन्। बीबीसीले पहिलो महिला ओलिना जेलेन्स्कालाई राजधानी कीभको कडा सुरक्षामा राखिएको भवनमा भेट्यो। बालुवाको बोराले बनेको सुरक्षा पर्खाल र त्यसको पछाडि सुरक्षा गार्डहरू तैनाथ छन्। कीभमा जाडो सुरु भएको छ।

उनले भनिन्, ‘रुसी आक्रमणको बिरूद्ध युक्रेनका जनता जसरी अडिग थिए, त्यसको सारा विश्वले प्रशंसा गरेको छ । यो जाडोमा हाम्रा जनताले ठूलो चुनौती सामना गर्नुपर्नेमा कुनै शंका छैन । तर हाम्रो नियत कमजोर हुने छैन । हामी सहन सक्छौं।’

बीबीसीसँगको विशेष कुराकानीमा ओलिनाले भनिन्, ‘नौ महिनाको युद्धमा हामीले धेरै समस्याको सामना गर्यौं, धेरै विनाश देख्यौं, धेरै पीडित देख्यौं। यसबाहेक, विद्युत आपूर्ति अवरुद्धले खडा गरेको चुनौती धेरै ठूलो छैन।’

यसका लागि ओलिनाले हालै गरिएको एक सर्वेक्षणलाई उद्धृत गरेकी छिन् । यसका अनुसार ९० प्रतिशत युक्रेनीहरू युरोपेली युनियनमा समावेश हुने सम्भावना देखिए आगामी दुई–तीन वर्षसम्म विद्युत् अभावमा बाँच्न तयार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.