धाँधली भएको भन्दै रोकिएको सुनसरी ४ को मतगणना सुरु हुन सकेन

डिसी नेपाल
१० मंसिर २०७९ १९:४१
276
Shares

काठमाडौं– मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाईएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको माग सहित सर्वदलीय बैठकको माग गरेका छन् ।

एमालेले कार्कीले हार्ने संकेत देखेपछि सत्ताको दुरुपयोग गर्न खोजेको आरोप लगाएको छ । छलफलका क्रममा केहि समयअघि स्थिती तनावग्रस्त भएको थियो ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा छन् । प्रतिष्पर्धी एमाले उमेदवार जगदीस प्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् ।

कुसियत ९८ मतले अगाडि रहेका छन् । सुनसरी ४ को प्रतिनिधि सभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.