इलाम–२(१) मा कांग्रेसका गोविन्द गिरी निर्वाचित

डिसी नेपाल
१० मंसिर २०७९ २०:२०
276
Shares

इलाम । इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी भएका हुन्।

गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहनु भएको थियो । यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.