सर्लाही २ मा राजेन्द्र महतोलाई हराउँदै महिन्द्र राय यादव निर्वाचित

डिसी नेपाल
१० मंसिर २०७९ २१:२१
420
Shares

सर्लाही क्षेत्र नं २ बाट  महिन्द्र राय यादव निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै विजयी भएका हुन् ।

२३ हजार ५२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ हजार ५१८ मत ल्याए। यस्तै, नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याए।

यादव बाबुराम भट्टराईसहितको नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । उनको पार्टीले माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.