बैंक प्राप्त गरेको साढे तीन महिनापछि क्यापिटल पनि गाभ्दै नबिल

डिसी नेपाल
११ मंसिर २०७९ ८:५२
116
Shares

काठमाडौँ। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्विजिसन) गरेर एकीकृत कारोबार गरेको झन्डै साढे तीन महिनापछि यसले दुई बैंकका सहायक कम्पनीहरू पनि गाभिने भएका छन्।

नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बंगलादेश क्यापिटलले यसलाई अन्तिम रुप दिन विशेष साधारणसभा बोलाएको छ। मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यहीँ मंसिर १८ गते बस्ने गरि विशेष साधारणसभा डाकेको हो। सञ्चालक समितिको प्रस्तावअनुसार सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) १:०.२७ को आधारमा गाभ्ने छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले एनबी क्यापिटललाई प्राप्त गर्ने सम्बन्धमा कम्पनीको सञ्‍चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त, दायित्व तथा कारोबारको मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्ति तथा भुक्तानी, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्रलगायतका सबै कामलाई अनुमोदन गर्न विशेष साधारणसभा बोलाइएको बैंकले जानकारी दिएको छ।

मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकै दिन छुट्टाछुट्टैरुपमा बिशेष साधारण सभाको आब्हान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.