स्क्विड गेम अभिनेता ७८ वर्षका ओ योङ-सुलाई यौन दुर्व्यवहारको आरोप

डिसी नेपाल
११ मंसिर २०७९ १५:०६
16
Shares

काठमाडौं । दक्षिण कोरियाली न्यायिक अधिकारीहरूले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ-सुलाई यौन हिंसाको मुद्दामा अभियुक्त बनाइएको बताएका छन्।

अधिकारीहरूले भनेका छन् कि ७८ वर्षीय अभिनेता माथि वर्ष २०१७ मा एक महिलालाई अनुपयुक्त रूपमा छोएको आरोप लगाइएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार ओ योङ–सुले यी आरोपहरूलाई अस्वीकार गरेका छन् ।

यस वर्षको सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ-सुले स्क्विड गेमका लागि ‘उत्कृष्ट सहयोगी अभिनेता’ को लागि गोल्डेन ग्लोब अवार्ड प्राप्त गरे। यो सम्मान पाउने उनी पहिलो दक्षिण कोरियाली अभिनेता हुन् ।

योनहाप समाचार एजेन्सीका अनुसार कथित पीडितले गत वर्ष डिसेम्बरमा ओविरुद्ध उजुरी दिएकी थिइन् तर ओविरुद्धको आरोपको छानबिन नगरी यस वर्ष अप्रिलमा मुद्दा बन्द गरिएको थियो।

‘पीडितको पुनरावेदनमा’ अभियोजन पक्षले मुद्दा फेरि खोलेको र मुद्दाको अनुसन्धान फेरि सुरु भएको समाचार एजेन्सीहरू बताउँछन्। अहिले यो मुद्दामा ओ अभियुक्त भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यी आरोपहरू बाहिर आएपछि दक्षिण कोरियाको संस्कृति मन्त्रालयले ओ योङ-सुलाई चित्रित गर्ने सरकारी विज्ञापनको प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

द स्क्विड गेम नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको श्रृंखला हो। यो एक थ्रिलर शृङ्खला हो जसमा ऋणमा डुबेका धेरै प्रतियोगीहरूले पैसाको प्रतियोगितामा भाग लिन्छन् जसमा उनीहरूले जीवन र मृत्युको लागि लड्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.