धितोपत्र बजार : ३२.४३ अंकले बढ्यो नेप्से
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व २ करोड ५४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। यसको आज ४५ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा नेपाल दूरसंचारको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसूचक बढेको छ। आजको कारोबारमा डिप्रोक्स लघुवित्त रजीवन विकास लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि हाइब्रिड फण्ड र प्रभु सेलेक फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment