नेपाल हाइड्रो डेभलपरले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१२ मंसिर २०७९ १०:५६
112
Shares

काठमाडौँ। नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.