लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

डिसी नेपाल
१२ मंसिर २०७९ १५:२३
156
Shares

बुटवल। लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल गर्दै एमाले १८ सिटसहित पहिलो दल हुन सफल भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ।

प्रदेश सभामा आठवटा राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको अवस्थामा पाँच सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ।

यसैगरी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले दुई-दुई सिटमा बिजयी हासिल गर्दा चन्द्रप्रकाश राउत (सिके) राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिटमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति र जनमत पहिलोपटक प्रदेश सभामा विजयी भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.