चुनावी पराजय पछि ‘क्या बोर’ भन्दै टिकटकमा देखिइन कोमल वली
काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकाशं क्षेत्रको परिणाम आइसकेको छ भने अब केहि ठाउँको मात्र बाँकी छ ।
देश अझै निर्वाचनको माहोल मै छ । अन्तिम परिणाम पछि जितेकाहरु विजयी जुलुस निकाली रहेका छन् । कोहि हारेका उम्मेद्वारहरु समेत मतदातालाई धन्यवाद दिन घरदैलोमै हिँडे । तर, अधिकाशं पराजित उम्मेद्वारले भने सामाजिक सञ्जालको प्रयोग गरि मतदातालाई एकमुष्ट धन्यवाद दिइरहेका छन् ।
उता दाङ क्षेत्र नम्बर ३ बाट पराजित भएकी एमाले नेतृ कोमल वलीले समेत मतदातालाई सबै माध्यमबाट धन्यवाद दिइसकेकी छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार दीपक गिरीसँग पराजित भएकी वलीले राजनीतिक संस्कार देखाउँदै विजयी उम्मेद्वार गिरीलाई खाँदा लगाएर बधाई दिइन् ।
निर्वाचनको समयमा निकै व्यस्त भएकी वली आजभोली भने टिकटक देखिन थालेकी छन् । उनले टिकटक बाट समेत निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । त्यति मात्र होइन वलीले ‘सिरियस गित’ मा टिकटक बनाएकी छन् । उक्त भिडियोको ‘क्याप्सन’मा वलीले ‘क्या बोर’ लेखेकी छन् । उनले ‘उडेर जुन चुम्छु भन्थे तर,आज पिन्जडाको चरी भाँ छ जिवन’ गितमा टिकटक बनाएकी छन् ।







डिसी नेपाल








Facebook Comment