सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद: हरिप्रसाद भुसाल

डिसी नेपाल
१३ मंसिर २०७९ १३:२६
128
Shares

अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार बनेका हरिप्रसाद भुसालले सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद दिएका छन्। मंगलबार एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले मतदाताकाे विश्वासका बाबजुत आफ्ना सपनाले हारेकाेमा भने दु:ख व्यक्त गरेका छन्।

भुसालले तीन हजार दुई सय मत पाएका थिए । समानुपातिकमा भने आठ हजार नाै सय ५१ मत परेकाे छ। ‘पार्टी निर्माणकाे छाेटाे समयमा कुनै पनि सांगठनिक समिति निर्माण भईनसकेकाे अवस्थामा प्राप्त सम्मानजनक मतले हामीलाई स्वाभाविक रुपमा उत्साहित बनाएकाे छ।’ भुसालले भनेका छन्, ‘तर, याे निर्वाचनमा पराजित हुँदै गर्दा अर्घाखाँचीका जनताले अनुभूति गर्नेगरी हामीले अगाडि सारेका सपनाहरू बिचल्ली हुने हुन की भन्ने चिन्ता पनि छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.