स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि

डिसी नेपाल
१५ मंसिर २०७९ १३:११
284
Shares

काठमाडौं। स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन्। कांग्रेस उपसभापति समेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन्।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन्। कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन्।

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्। ४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.