चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू
rGlul/df ko{6s
sf7df8f}F, !% dªl;/ M
sf7df8f}Fsf] rGflul/ 8f8fFaf6 lxd>[ªvnf cjnf]sg ub}{ ko{6s . o; :yfgaf6 u0f]z,nfª6fª / h'un lxdfnsf] b[Zo cjnf]sg ug{ ko{6s cfpg] u5{g . tl:a/ M xl//fd e]6'jfn÷/f;;
काठमाडौं । दिगो पर्वतीय पर्यटनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा उक्त सम्मेलन सुरु भएको हो ।
सम्मेलनको संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि यो सम्मेलन कोसेढुंगा बन्ने बताए ।
उक्त सम्मेलनमा झण्डै एक सय पर्यटन सम्बद्ध व्यक्ति तथा वैज्ञानिकलगायतको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा दिगो पर्वतीय क्षेत्रमा भएका अनुसन्धान तथा विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने पनि जनाइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment