बाजुराको मतगणना फेरि रोकियो
बाजुरा। निर्वाचन भएको ११ दिनपछि सुरु भएको बाजुराको मतगणना फेरि रोकिएको छ। मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।
उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणना भइरहँदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। यसअघि आज बिहानसम्म प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बनाइरहेका थिए।
पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत पाएका छन्। उनीहरूबीच १ हजार ११२ मतको अन्तर छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment