खोलामा डुबेर चितवनमा १६ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
१७ मंसिर २०७९ १८:४८
44
Shares

चितवन । चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका–९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डुबेर ज्यान गएको हो ।

प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.