सेयर बजार राताम्मे, नेप्से परिसूचक २४.४६ अंकले घट्यो

डिसी नेपाल
१९ मंसिर २०७९ १५:१३
104
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१९ अङ्कले घटेर ३७९.६४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६७ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा रिडी पावर शीर्ष स्थानमा छ। यसको आज ९० करोड ८० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम सिमेन्ट र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा सयपत्री हाइड्रोपावर र एनआईसी एसिया सेलेक फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, अजोड इन्स्योरेन्स र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.