आजकाे तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
२० मंसिर २०७९ ११:३१
152
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंलबार कालो अंगुर २१ रुपैयाँले घटेर सोको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ रहेकाे जनाएकाे छ।

हरियो अंगुर ३३५ रुपैयाँ, अदुवा र नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार रु २२ ले घटेर ३१३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा रहेकाे समितिले जनाएकाे छ।

अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २३ रुपैयाँ , कागती ११० रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३५ रुपैयाँले बढेर २७५ रुपैयाँ कायम रहेको छ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा , राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा,  घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ४० घटेर ३३० रुपैयाँ कायम रहेको छ।

तितो करेला ६६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा,  लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ३५ रुपैयाँ र हरियो धनिया १४० रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.