रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२० मंसिर २०७९ १२:१२
224
Shares

रुपन्देही। रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(२ हिरापुरमा सोमबार बुटवल(१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु  २० प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.