प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित
काठमाडौँ। आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित भएका छन्।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव लडेका सबै महिला पराजित भएका हुन्। प्रतिनिधि सभातर्फ देशभर राजनीतिक दल र स्वतन्त्र गरी कूल २२५ जना महिला उम्मेदवार थिए।
उनीहरूमध्ये ९ जना मात्र निर्वाचित भएका छन्। नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट १ जना, नेकपा माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना गरी कूल ९ जना महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका हुन्। देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएका ७९० जना पुरुषमध्ये ५ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment