मोलुङ हाइड्रोपावरले पायो आइपिओ जारी गर्ने अनुमति
काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीले आइपिओ जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति दिएको छ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ आइपिओ जारी गर्न लागेको हो। यो आइपिओ कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र सर्वसाधारणका लागि जारी गर्नेछ।
यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यो सार्वजनिक निष्कासन चुक्तापुँजीको ४४ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड २५ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment