अभिनेता मनोज बाजपेयीकी आमाको निधन
काठमाडौं । बलिउड अभिनेता मनोज बाजपेयीकी आमा गीता देवीको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिइन् र लामो समयदेखि उमेर सम्बन्धी रोगबाट पीडित थिइन् । उनले आज (डिसेम्बर ८) बिहान ८ः३० बजे दिल्लीको एक अस्पतालमा अन्तिम सास लिइन् । गीतादेवीको एक्कासी बिदाइले मनोज र उनको सम्पूर्ण परिवार स्तब्ध भएको छ ।
मनोज बाजपेयीले एक पुरानो अन्तर्वार्तामा भनेका थिए, ‘म मेरा आमाबुवासँग धेरै नजिक छु । मेरो र मेरा दाजुभाइको शिक्षाका लागि मेरा आमाबुवाले धेरै संघर्ष गर्नुभएको छ । उहाँले मेरो मनपर्ने अभिनेता मनोज कुमारको नामबाट मेरो नाम मनोज राख्नुभयो।’
गत वर्ष अक्टोबरमा मनोज बाजपेयीका पिता राधाकान्त बाजपेयीको ८३ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि बिरामी थिए र दिल्लीको अस्पतालमा भर्ना भएका थिए । बुवाको निधन भएपछि मनोज केरलामा रहेको फिल्मको सुटिङ छाडेर फर्केका थिए । मनोजका तीन भाइ छन् भने मनोज जेठा हुन् ।
मनोज बाजपेयीले दूरदर्शनबाट प्रसारण हुने शो ‘स्वाभिमान’ बाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले फिल्म ‘ब्यान्डिट क्वीन’ बाट बलिउडमा प्रवेश गरेका हुन् । उनले यो फिल्ममा आफ्नो दमदार अभिनयले सबैको मन जितेका छन् । त्यसपछि उनले आफ्नो करियरमा फर्केर हेर्नु परेन । आफ्नो आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी छिट्टै राख, गुलमोहर आदिमा देखिनेछन् ।







डिसी नेपाल







Facebook Comment