पाँचथर पावरको लाभांश घोषणा
काठमाडौँ। पाँचथर पावर कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment