अब राष्ट्र बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा
काठमाडौं। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ।
महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्ने निर्णय भएको राष्ट्र बैंकले एक सूचनामार्फत जनाएको छ।
राष्ट्र बैंकका अनुसार १ माघदेखि कार्य सञ्चालनमा आउने गरी बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गरिन लागेकाे हाे।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment