सामलिङ पावर कम्पनीको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले कम्पनीलाई स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।
नेप्सेले कम्पनीलाई स्पष्टीकरण पेस गर्नको लागि ३ कार्यदिनको समय दिएको छ।
सामलिङ पावरले गत मंसिर २१ गते बिहान ९:३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि आफ्ना सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। यो निर्णयबारे कम्पनीले दिउँसो ३ः४२ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।
नेप्सेले विनियमावलीविपरीत सामलिङ पावरले धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर गरेको छ। नेप्सेले के–कति कारणले नेप्सेमा समयमै जानकारी नगराएको सम्बन्धमा कम्पनीसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेको छ।








डिसी नेपाल







Facebook Comment