सुनको मूल्य १ लाख नाघ्यो, चाँदीको भाउ पनि बढ्यो
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो।
किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताए।
“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भने। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ।







डिसी नेपाल







Facebook Comment