हरियो तरकारी तथा फलफूलको भाउ कस्ताे छ ?

डिसी नेपाल
२५ मंसिर २०७९ ११:३८
36
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेकाे जनाएकाे छ।

अदुवा र नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २८३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेकाे समितिले जनाएकाे छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैया ६७ पैसा,  लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५१ रुपैयाँ र हरियो धनिया ११३ रुपैयाँ ३३ पैसा कायम रहेको  समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.