माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण

डिसी नेपाल
२६ मंसिर २०७९ ११:००
96
Shares

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

माछापुच्छे बैंकको मंसिर १२ गते बसेको ४७२औं संचालक समितिको बैंठकले डा. महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय एंव अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.