नेपालगन्जमा एओजी राइड सम्पन्न

डिसी नेपाल
२६ मंसिर २०७९ २२:१४
12
Shares

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ ।

३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भएका थिए । राइडरहरुले मेरो प्लानेट पुगेर कार्यक्रमको अवलोकन गर्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टीभीएसको प्रशंसा पनि गरे ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

राइडका एक सहभागी भन्छन्, “ नेपालगन्ज यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्स्लाई नेपालगन्जमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।” उनी यतिमा रोकिएनन्, उनले थपे, “हामीले फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेट राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।”

सचिन थापाले एओजी कार्यक्रमको सम्पूर्ण जिम्मेवारी लिएका थिए । एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.