२.५७ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२७ मंसिर २०७९ १५:१९
64
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७०  बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अङ्कले घटेर ३७१.३० मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा  नबिल बैंक स्थानमा छ। यसको आज १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी र तेस्रोमा सुमित लघुवित्तको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । आजको कारोबारमा सिवाईसी नेपाल लघुवित्त र साञ्जेन लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, तेह्राथुम पावर र सङ्गति हाइड्रो इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.