अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२८ मंसिर २०७९ ९:०५
396
Shares

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ २० पैसा र विक्री मूल्य १३३ रुपैयाँ ८० पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद मुल्य १३१ रुपैयाँ ७६ पैसा र विक्री मूल्य १३३ रुपैयाँ ३६ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य बढेर एकको खरिददर १३९ रुपैया २३ पैसा विक्री दर १३९ रुपैयाँ ८६ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ २९ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र विक्री दर ९७ रुपैयाँ ९० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५९ पैसा र विक्रीमा ९ रुपैयाँ ६४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ ०३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.