अनलाइन सट्टेबाजीमा सहभागी नहुन राष्ट्र बैंकको आग्रह

डिसी नेपाल
२८ मंसिर २०७९ ९:३७
92
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट अनलाइन जुवा र बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै सट्टेबाजीमा सहभागी नहुन चेतावनी दिए हो।

‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्। यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ,’विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति समूह/संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ ।’

राष्ट्र बैंकबाट इजाजत तथा अनुमतिपत्रप्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि सूचनामा उल्लेख छ।

कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा राष्ट्र बैंकको फोन नम्बरः ०१–४४४३८७८ वा ई–मेल ठेगाना [email protected] मा जानकारी गराउन सूचनामार्फत अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.