दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र इस्टन हाइड्रोपावरको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो।
यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ। सीवाईसी नेपाल लघुवित्तको सेयर भाउ २ सय २६ रुपैयाँले बढेर २ हजार ४८६ रुपैयाँ २० पैसा पुगेको छ। भने इस्टन हाइड्रोपावरको सेयर भाउ २१ रुपैयाँ ६० पैसाले बढेर १ हजार २ सय ३७ रुपैयाँ ६० पैसा पुगेको छ।
मार्केट डेपमा दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment