पुँजी बजारलाई थप प्रभावकारी र पारदर्शी बनाउन नियामकले काम गरिरहेको छ : बोर्ड अध्यक्ष हमाल
काठमाडौँ। सोही कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारलाई थप प्रभावकारी र पारदर्शी बनाउन नियामकले काम गरिरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“नियामकले जुनसुकै नीति ल्याउँदा परिणाम हेरेर ल्याउँछ। कुन नीतिले कस्तो प्रभाव पार्छ भन्ने पर्ने गरेको हुन्छ।” उनले भने, “पुँजी बजारलाई अर्थतन्त्रको मुख्य अङ्ग बनाउन पारदर्शी र व्यावसायिक बनाउन बोर्डले भूमिका खेलिरहेको छ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिले राजनीतिमा नभइ आर्थिक मुद्दा प्राथमिकतामा पर्नुपर्ने बताए। आर्थिक समृद्धिका कुरा ओझेलमा पर्दा र सरकारकै अन्तर निकायबीच समन्वय हुन नसक्दा विकास निर्माणका काम झिनामसिना समस्याले अल्झिने गरेको उनको भनाइ छ।
“अहिलेका समस्या समस्या निजी क्षेतत्रको मात्र समस्या होइन। तरलता अभाव समस्याले लगानी बढाउन नसकेको, मुद्रास्फीतिले आम उपभोक्ताको खपतमा समस्या रहेको छ। यसले सरकारी राजस्वमा पनि असर पारिरहेको छ।” उनले भने। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले अहिले तरलता अभाव समस्या कायमै रहेकाले सरकारले आन्तरिक ऋण उठाउन नहुने धारणा राखे।
“सरकारले अहिले आन्तरिक ऋण उठाएमा तरलतामा थप समस्या देखिन्छ। त्यसकारण केही समय आन्तरिक ऋण नउठाउन हाम्रो आग्रह छ ।” उनले भने। यद्यपि, यी समस्या नेपालको मात्र नभइ विश्वव्यापी रुपमा नै देखिएको उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment