पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु

डिसी नेपाल
२८ मंसिर २०७९ २२:०१
48
Shares

फिदिम । घरमा आगलागी हुँदा पाँचथरको  फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।

९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो ।  वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.