बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन बढ्यो, सीडी रेसियो घट्यो
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकै दिनमा ८ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २७ मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५२ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २६ मङ्सिरसम्म बैंकहरूको निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ७ अर्बले बढेर ४६ खर्ब ७ अर्ब पुगेको छ। २६ मङ्सिरसम्म वाणिज्य बैंकहरूको निक्षेप ४६ खर्ब रहेको थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी भने घटेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी २ अर्बले घटेर ४७ खर्ब ५८ अर्बमा सिमित भएको छ। २६ मङ्सिरसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो। यस्तै,२६ मङ्सिरसम्म ४२ खर्ब १४ अर्व रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी अहिले २ अर्बले घटेर ४२ खर्ब १२ अर्ब रुपैयाँमा खुम्चिएको छ।
बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियो घटेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.१६ प्रतिशतले घटेर ८६.१५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment