शिवम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति तय

डिसी नेपाल
२९ मंसिर २०७९ १०:२४
120
Shares

काठमाडौँ। शिवम सिमेन्टले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँको १०.५३ प्रतिशतले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो पुस २९ गते सातौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.